काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख तथा तनहुँ क्षेत्र नं २ का सांसद श्रीराम न्यौपानेले पार्टीलाई असफल हुने कुनै पनि छुट नरहेको बताएका छन्।
रास्वपा तनहुँ जिल्ला समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले जनताबाट प्राप्त अपेक्षा र भरोसाका कारण पार्टीमाथि ठूलो जिम्मेवारी रहेको उल्लेख गरे। उनका अनुसार रास्वपा अहिलेको राजनीतिक परिदृश्यमा जनअपेक्षाको केन्द्रमा रहेको शक्ति हो।
सांसद न्यौपानेले विगतका सरकारहरू आन्तरिक विवादकै कारण कमजोर बनेको उदाहरण दिँदै वर्तमान अवस्थामा पनि प्रमुख राजनीतिक शक्तिहरू आफ्नै आन्तरिक व्यवस्थापनमा चुनौती सामना गरिरहेको टिप्पणी गरे। उनले संगठनात्मक एकता र अनुशासन नै राजनीतिक स्थायित्वको आधार हुने बताए।
उनले विभिन्न राजनीतिक पृष्ठभूमिबाट पार्टीमा आएका नेताहरूले पुराना अभ्यास र कार्यशैलीभन्दा फरक ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। इतिहासमा व्यवस्था परिवर्तन पनि आन्तरिक कारणबाटै सम्भव भएको उदाहरण दिँदै उनले पार्टीभित्रको समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
उनका अनुसार करिब ५२ लाख मतदाताको विश्वास प्राप्त भएको सन्दर्भमा सो भरोसालाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नु पार्टीको प्रमुख दायित्व हो।
कार्यक्रममा रास्वपा गण्डकी प्रदेशका प्रवक्ता शंकर पन्तले संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नेतृत्व चयनभन्दा संगठनात्मक मजबुती अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे।
त्यसैगरी कार्यक्रममा उपस्थित विभिन्न स्थानीय तहका नेताहरूले पार्टीभित्र एकता, समन्वय र सहकार्यलाई मजबुत बनाउँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ जेठ २०८३, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छिटो र सुलभ न्याय पाउने व्यवस्था खोजौँ, तर लालटिनलाई राजनीति औजार नबनाऔँ’: सांसद न्यौपाने
स्वार्थ समूह हावी हुँदा गलत कानुनहरू बन्दो रहेछ : सांसद न्यौपाने
किसानलाई चिउरा चाउचाउ हैन, प्याकेज योजनाको व्यवस्था गर : सांसद न्यौपाने