काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सञ्चार माध्यमको उपस्थितिलाई निषेध गर्न नहुने भन्दै सांसद वर्षमान पुनले पारदर्शितामाथि जोड दिएका छन्।
मंगलबार बसेको समितिको बैठकमा बोल्दै वर्षमान पुनले संसदीय समितिहरूलाई खुला र पारदर्शी बनाउनु पर्ने आवश्यकता औँल्याए। उनका अनुसार लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन सञ्चार माध्यमको उपस्थितिलाई सीमित गर्नु उपयुक्त हुँदैन।
उनले समितिहरूलाई ‘मिनी संसद्’ का रूपमा लिइने भएकाले त्यहाँ हुने छलफलहरू पनि सार्वजनिक निगरानीमा रहनु आवश्यक रहेको बताए। लेखा समिति लगायत अन्य संसदीय निकायहरूमा सञ्चार माध्यमलाई प्रवेश नदिँदा पारदर्शिता र जबाफदेहितामाथि प्रश्न उठ्ने उनको भनाइ थियो।
पुनले राज्यको खर्च जनताको करबाट सञ्चालन हुने भएकाले त्यसको निगरानी र लेखाजोखा गर्ने जिम्मेवारी लेखा समितिको विशेष महत्व रहेको उल्लेख गरे। यस कारण समितिको कार्यलाई देश र नागरिकको हित केन्द्रमा राखेर प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो।
छलफलको क्रममा उनले विषयवस्तु मूल्याङ्कन गर्दा ‘नयाँ वा पुरानो’ भन्ने आधार नभई ‘सही वा गलत’ को मापदण्ड अपनाउनुपर्ने धारणा पनि व्यक्त गरे। पुराना सबै गलत र नयाँ सबै सही भन्ने धारणा गलत हुने भन्दै उनले निर्णय प्रक्रिया तथ्य र न्यायसंगत आधारमा हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह