काठमाडौँ । नेपाली काँग्रेसका नेता सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले पार्टी महामन्त्री गगन कुमार थापासँग पछिल्ला ३१ दिनदेखि कुनै पनि प्रकारको संवाद वा सम्पर्क नभएको उल्लेख गरेका छन्। उनका अनुसार आन्तरिक एकता कायम गर्न विगत दुई महिनादेखि गरिएको प्रयास पनि अपेक्षित परिणाममा पुग्न सकेको छैन।
खड्काले १५औँ महाधिवेशनसँग सम्बन्धित सदस्यता अद्यावधिक प्रक्रियालाई लिएर देशभर दबाबमूलक गतिविधि भइरहेको आरोप लगाउँदै त्यसलाई पार्टी जीवनका लागि हानिकारक प्रवृत्ति भनेका छन्। उनका अनुसार नयाँ तथा नवीकरण भएका क्रियाशील सदस्यलाई प्रक्रियागत कारण देखाएर महाधिवेशन सहभागिताबाट वञ्चित गर्न नहुने स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।
उनले सदस्यता अद्यावधिक नगरेको बहानामा महाधिवेशन सहभागिता रोक्ने प्रयास स्वीकार्य नहुने भन्दै यसले संगठनात्मक एकतामा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।
त्यसैगरी, पार्टीभित्र केन्द्रले नै क्रियाशील सदस्यता स्वतः अद्यावधिक गर्ने भन्ने प्रकारका भ्रम फैलाइएको भन्दै उनले त्यस्ता दाबीहरू असत्य भएको स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ जेठ २०८३, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत