काठमाडौँ । इस्लामावादस्थित नेपालको राजदूतावासले शुक्रबार ‘विश्वको सर्वोच्च शिखर सगरमाथा: नेपालको पहिचान र गौरव’ नाराका साथ एक कार्यक्रमको आयोजना गरी ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएको छ ।
परराष्ट्र मन्त्री शिशिर खनालको सगरमाथा दिवससम्बन्धी विशेष भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा पाकिस्तानका लागि नेपालका राजदूत रिता धितालले सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहण भएको ऐतिहासिक दिनको स्मरण गर्दै सगरमाथा आरोहण असाधारण इच्छाशक्ति, सहनशीलता र सहकार्यको प्रतिफल भएको बताए ।
राजदूत धितालले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दो वातावरणीय क्षयीकरण तथा हिमनदी पग्लिने समस्याप्रति चिन्ता व्यक्त गर्दै यसको सामना गर्न प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको बताए। उनले नेपालले सञ्चालन गरिरहेको ‘क्यास फर ट्र्यास’ सरसफाइ अभियानलगायत प्रयासको चर्चा गर्दै ‘नेपाल वेलनेस वर्ष–२०२७’ र ‘भिजिट नेपाल वर्ष–२०२८’ जस्ता महत्त्वपूर्ण पर्यटन अभियानमार्फत नेपाललाई दिगो तथा उच्च मूल्ययुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ जेठ २०८३, ११ : ०२
लेखकबाट थप