काठमाडौं । व्यङ्ग्यात्मक अनलाइन ‘कक्रोच पिपल्स पार्टी’ले आज नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्दैछ । शिक्षामन्त्रीविरुद्ध आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनको अनुमति लिइसकेको पार्टीले जनाएको छ ।
प्रदर्शनमा सहभागी हुन पार्टीका संस्थापक अभिजीत डिप्के शुक्रबार नै अमेरिकाबाट भारत फर्किएका छन् । बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै भारत आएका हुन् ।
उनी यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग पनि जोडिएका थिए । उनैले १६ मे मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) स्थापना गरेका हुन् । सिजेपीले भारतीय जनता पार्टी (भाजपा) को शैलीमा अनलाइन गतिविधि विस्तार गरेको हो ।
यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्य कान्तले आलोचनात्मक युवाहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ भनेको टिप्पणीपछि सुरु भएको बताइएको छ । पछि ती टिप्पणी सन्दर्भबाट बाहिर लगिएको भनिएको थियो ।
सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा ठूलो लोकप्रियता पाएको छ । भारतमा यसको इन्स्टाग्राम खातामा दुई करोड २० लाखभन्दा बढी फलोअर्स छन् । यो सङ्ख्या भाजपाको ९० लाख र कांग्रेसको एक करोड ३० लाखभन्दा धेरै हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ जेठ २०८३, ०९ : ३२
लेखकबाट थप