काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ ।
परराष्ट्र मन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ जेठ २०८३, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली प्रस्थान
‘सुशासन र तीव्र आर्थिक विकास सरकारको प्राथमिकतामा छ’ : परराष्ट्र मन्त्री खनाल
नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह
नयाँ सरकारको प्राथमिकताबारे चीनको चासो रहेको परराष्ट्र मन्त्री खनालको भनाइ
‘बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ’ : परराष्ट्र मन्त्री खनाल
परराष्ट्र मन्त्री खनालसँग भारत, भूटान र बंगलादेशका विदेशमन्त्रीबीच भेटवार्ता