काठमाडौँ । रोल्पा जिल्लामा बालक र उद्धारकर्तामाथि भएको हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा रोल्पा क्षेत्रका सांसद वर्षमान पुनले दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
रोल्पाको गंगादेव गाउँपालिका-५, पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि कुटपिट भएको र उद्धारका लागि पुगेका व्यक्तिहरूमाथि समेत आक्रमण गरिएको घटनापछि उनले सुरक्षा निकायसँग तत्काल सम्पर्क गरेको जानकारी दिएका छन्।
पुनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै उनले जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुखसँग छलफल गर्दै संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन आग्रह गरेका थिए।
उनले हालसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै कानुनअनुसार कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
सांसद पुनले घटनाप्रति न्यायिक प्रक्रिया सुनिश्चित गर्न सरोकारवाला निकायको सक्रियताप्रति आभार व्यक्त गर्दै पीडितलाई न्याय दिलाउने विषयमा निरन्तर निगरानी आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले कुटपिटबाट घाइते भएका बालक लोकेन्द्र विक तथा उद्धारका क्रममा आक्रमणमा परेका गोपाल महरको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ बैशाख २०८३, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन