काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल लगातार दोस्रो पटक ओमानसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रनको योगफल बनाएको थियो । ब्याटिङ राम्रो भएपनि बलिङमा राम्रो गर्न नसक्दा नेपाल पराजित भयो । नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कुशल मल्ल र सुशन भारीले मात्र १/१ विकेट लिए ।
नेपाल पहिलो खेलमा पनि ओमानसँग १८ रनले पराजित भएको थियो । यो जितसँगै ओमान ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास