काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक सरकारी अधिकृत र एक बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवाल तथा लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध बिहीबार आरोप पत्र दर्ता गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार सवारी सरुवा सहमति मिलाइदिने नाममा सेवाग्राहीसँग रकम मागिएको भन्ने उजुरीपछि खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट दुबैबीच समन्वय गरी सेवाग्राहीसँग रकम माग्ने तथा मोलमोलाइपछि घुस लिने सहमति भएको पुष्टि भएको आयोगको भनाइ छ। सोही योजनाअनुसार रकम लिएको प्रमाणित भएपछि कानुनी कारबाही अघि बढाइएको जनाइएको छ।
आयोगले अधिकृत भेटुवालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार ५०० रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरेको छ। त्यस्तै, बिचौलिया पौडेलविरुद्ध पनि सोही ऐन अन्तर्गत समान बिगो कायम गरी कैद र जरिवाना सजायको मागदाबी गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा