क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०८२, ०७ : २३
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं । नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य नियुक्त भएका छन् ।

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक टमाटा नेपाली क्रिकेट टिमका पूर्व खेलाडीसमेत हुन् ।

अब प्रशिक्षक टमाटाले नेपाली खेलकुद क्षेत्रको नियमक निकायमा रहेर काम गर्नेछन् । उनी नेपाल क्रिकेटका सफल प्रशिक्षक एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी हुन् ।

उनी प्रशिक्षक रहेको सुदूरपश्चिम रोयोल्स एनपीएलमा लगातार दुई सिजन उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस