काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने तयारी गर्नुभएको छ हो।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलले बताए ।
प्रधानमन्त्री कार्कीले आज (बुधबार) भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।
यसअघि हिजो (मंगलबार) उनले नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०८२, २२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनबारे बालेनको बयान
ओली–लेखकदेखि प्रहरी अधिकारीसम्म : यि हुन् जाँचबुझ आयोगका घेरामा परेको व्यक्तिहरू
ओली, लेखक र खापुङलाई १० वर्ष कैद सिफारिस, सेनाको भूमिकानै संकास्पद
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसको माग
४ दिनदेखि धर्नामा बसेका चितवनका जेनजी युवाहरू भोलि विरोध प्रदर्शनमा उत्रने
जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा युवाहरुको धर्ना