जेनजी आन्दोलनबारे बालेनको बयान

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०८२, १८ : ३९
जेनजी आन्दोलनबारे बालेनको बयान

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन)ले २३ गतेको आन्दोलनमा आफ्नो समर्थन रहेको र सरकारले अत्याधिक बल प्रयोग गर्दै ‘आतंकवादी शैली’ अपनाएकाले २४ गतेको घटना भएको दाबी गरेका छन्।

 करिब नौ सय पृष्ठको आयोग प्रतिवेदनमा समावेश आफ्नो बयानबारे उनले सफल खबरलाई बताएका छन्।

प्रतिवेदनको संक्षेपमा उनले २३ गतेको तनावपूर्ण अवस्थाबारे बेलुका सञ्चार माध्यममार्फत थाहा पाएको उल्लेख गर्दै आफ्नो सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले अनियन्त्रित आन्दोलन शान्त पार्न सहयोग गरेको दाबी गरेका छन्।

आयोगमा दिएको बयानअनुसार, दुवै दिन आफू लैनचौरस्थित मेयरको सरकारी निवासमै रहेको र शान्तिपूर्ण र्‍यालीमा समर्थन जनाए पनि आन्दोलनमा प्रत्यक्ष सहभागी नभएको उनले बताएका छन्।

त्यस्तै, २४ गतेको घटनामा काठमाडौं महानगरपालिकाले दमकल पठाएको पनि उनले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस