काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन् ।
नेपाली गार्मेन्टमा उत्पादित जर्सीलाई शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले प्रायोजन गरेको छ । नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ ।
दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने खेलमा अब यही जर्सी लगाउने छन् । जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए ।
यसैगरी क्यानले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । टप एण्ड टी–२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ साउन २०८२, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान