काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो ।
नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको हो ।
मल्लले ७६ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए । उनी अकिव अलीको बलमा क्याच आउट भए ।
यसअघि नेपालका लागि ओपनरमा आएका सुवास खकुरेल आउट भए । खकुलेरले २२ रन बनाएर आउट भए । सुवास मोहमद नदिमको बलमा एलबीडब्लु आउट भएका हुन् । त्यस्तै नेपालले एउटै ओभरमा दुई विकेट गुमाएको थियो । २४ ओभरको पहिलो बलमा पारस खड्काको रुपमा आफ्नो विकेट दोस्रो विकेट गुमाएको नेपालले ओभरको चौथो बलमा नेपालले दिपेन्द्रलाई तेस्रो विकेटको रुपमा गुमाएको थियो ।
पारस ३८ रन बनाएर आउट भएका हुन् । उनलाई मोहमद नदिमले क्याच आउट गराएका हुन् । दिपेन्द्र भने रन नबनाएर आउट भए । उनलाई पनि नदिमले क्याच आउट गराएका हुन् । त्यस्तै नेपालले आफ्नो पहिलो विकेटको रुपमा रुपमा सुवास खकुरेललाई गुमाएको थियो । ओपनरमा आएका सुवास खकुरेल २२ रनमा आउट भए । सुवास मोहमद नदिमको बलमा एलबीडब्लु आउट भएका हुन् । नेपालले आफ्नो पाँचौ विकेटको रुपमा कुशल मल्ललाई गुमायो । कुशल २८ रनको योगदान गरेर आउट भए । उनी अकिव इलियासको बलमा क्याच आउट भएका थिए ।
नेपालले आरिफ शेखको रुपमा आफ्नो छैटौं विकेट गुमाएको थियो । २८ रन बनाएका उनी आकिव इलियासको बलमा एलबीडब्लु आउट भएका थिए । नेपालका करण केसी सातौं विकेटको रुपमा आउट भए । उनले नेपालका लागि १० रनको योगदान गरे । उनी अकिव लियासको बलमा क्याच आउट भएका थिए ।
नेपालले ४९ औँ ओभरमा नेपालले आफ्नो आठौं विकेट गुमायो । नेपालका लागि विनोद भण्डारीले ३५ रनको योगदान गर्दै रन आउट भए । नेपालका लागि सन्दीप लामिछानेले नट आउट १० रन बनाउँदा कमसिंह ऐरीले ९ रन बनाए ।
ओमानका अलराउन्डर अकीब इलियासले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । मध्य गतिका बलर मोहम्मद नदीमले ८ ओभरमा १ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । ओमानले नेपालविरुद्ध ७ बलर प्रयोग गरेको थियो ।
नेपालले ओडीआई बनाएको यो दोस्रो उच्च योगफल हो । यसअघि यूएईविरुद्ध तेस्रो खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पुरा गर्दै ऐतिहासिक ओडीआई सिरिज जितेको थिथो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि