काठमाडौं । नेकपा भित्रको पूर्व माओवादी समुहले संघीय संसद अन्र्तगत प्रतिनिधी सभाको सभामुख नछोडने भएको छ । पार्टी एकता पूर्व सभामुख र प्रधानमन्त्री भागवन्डा भएको र सभामुख आफुहरुले पाएको भन्दै माओवादी समुहले अहिले सभामुख पूर्व एमाले समुहलाई दिन नसकिने तर्क अगाडी सारेका छन् । पार्टी एकताकै क्रममा रहेको र आगामी महाधिवेशन सम्म भागवन्डा पार्टी एकताको सन्तुलन कायम राख्ने आधारमा हुनुपर्ने भएकोले सभामुख पूर्व माओवादी समुहभिबाटै बनाउनु पर्नेमा माओवादी समुहका नेताहरु एकमत देखिएका छन् ।
उनीहरुले अध्यक्ष प्रचण्डलाई भेटेरै समेत प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीसँगको संवादका क्रममा सभामुखको दाबी नछोड्न दबाब बढाएका छन् । तत्कालिन सभामुख कृष्णवहादुर महरा यौन दुब्र्यवहारको आरोपमा पूर्पक्षका लागि डिल्लीबजार सदरखोर पुगेपछि अहिले सभामुख पद रिक्त छ । एकै पार्टीका सभामुख र उप सभामुख नहुने संवैधानिक ब्यवस्थाका कारण नेकपाले उप सभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराई मन्त्री बनाउने र सभामुख आफुले लिएर उप सभामुख राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई बनाउने गरी तयारी थालेको छ ।
ओलीले भने घुमाई फिराई सुवास नेम्वाङलाई नै सभामुख बनाउने तयारी गरिरहेका छन् । नेम्वाङले बाहिर देखाउदा र बोल्दा आफु सभामुख पटक पटक भएकाले पार्टीका अन्य नेतालाई त्यो जिम्मेवारी दिन आग्रह गरेपनि भित्री रुपमा उनी आफै लविङमा रहेको नेकपाका उच्च स्रोतको दाबी छ । नेम्वाङले आफ्नो बार्गेनिङका लागि आफ्नै नातेदार पर्ने उपसभामुख तुम्वाहाफेलाई आफुलाई सभामुख बनाउन आग्रह् गर्न लगाएका छन् । यसभित्र उनको दुईवटा ईच्छा रहेको नेकपा स्रोत बताउछ ।
शिवमायालाई यदि केही गरी उपसभामुख भईसकेको मान्छे दिऔं भन्ने भयो भने पनि भित्री रुपमा कामकाजी आफै हुने र दिएनन भने अन्य नेताहरुमा विवाद देखियो, विकल्प अरु भएनन नेम्वाङ नै वनाउनु पर्छ भनेर पार्टीभित्रै बाट प्रेसर गराउने रणनीतिमा उनी देखिन्छन् । पूर्व एमाले समुहबाट सभामुख वनेमा नेम्वाङ नै बलियो सम्भावित उम्मेदवार देखिएका छन् । ओलीले पनि घुमाईफिराई नेम्वाङलाई नै सभामुख वनाउने चाल चालेको बुझेपछि पूर्व माओवादी समुहभित्र सभामुख नछोडन प्रचण्ड माथी दबाब बढेको छ ।
सभामुखका लागि पूर्व माओवादी समुहमा अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुषाल, लेखराज भटट लगायत नेताहरु आकांक्षी छन् । पहिले नै सभामुख भईसकेका कारण ओनसरी घर्तीलाई अगाडी सार्दा हुने मत पनि पूर्व माओवादी समुहभित्र उठिरहेको छ । प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल लगायत शीर्ष नेताहरुका बीचका पछिल्ला छलफल क्याविनेट पूर्नगठनमा मात्र केन्द्रीत छैन, सभामुखका लागि उम्मेदवार चयन देखि संवैधानिक अंगका नियुक्ति, पार्टी कार्यालय भवन निर्माण, आगामी कार्य योजना सम्म छलफल छ ।
छलफलमा प्याकेज कै रुपमा यी एजेण्डा शीर्ष नेताहरुक बिचमा रहेपछि सभामुखको दाबी नछोड्न अध्यक्ष प्रचण्डलाई पूर्व समुह भित्रका नेताहरुको दबाब बढेको हो । प्रचण्ड भने यस विषयमा औपचारिक रुपमा केही बोलिसकेका छैनन ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह