काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र त्यसपछि उत्पन्न प्राविधिक अवरोध हटेसँगै यातायात व्यवस्था विभागले पहिलो चरणमा छापिएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) सार्वजनिक गरेको छ। बिहीबार सुरक्षण मुद्रण केन्द्रले छापेका १ हजार ५६ थान लाइसेन्स विभागले सार्वजनिक गरेको हो।
आन्दोलनका बेला अनलाइन प्रणालीमा परेको क्षतिका कारण विभागको पुरानो स्वचालित सूचना प्रणाली अवरुद्ध भएको थियो। सोही कारण लाइसेन्स छपाइबारे आवेदकलाई ७२ घण्टाभित्र पठाइने स्वचालित ‘नोटिफिकेसन’ सेवा हाल सञ्चालनमा छैन।
स्वचालित प्रणाली नचल्दा विभागले छपाइ सम्पन्न भएका लाइसेन्सको सूची आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्न थालेको छ।
विभागले फेसबुकमा नाम प्रकाशित भएका आवेदकहरूलाई सक्कल राजस्व तिरेको रसिदसहित विभागमा आएर लाइसेन्स बुझ्न आग्रह गरेको छ।
त्यसैगरी, लाइसेन्स नवीकरण वा नयाँ वर्ग थप गर्ने व्यक्तिहरूले पुरानो सवारी चालक अनुमति पत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली
लाइसेन्स प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा