धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् ।
कैलालीमा मात्रै ३ जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटास्थित बिस्कुट फ्याक्ट्री अगाडि शंकास्पद रूपमा देखिएका २७ वर्षीय अनिल चौधरीलाई एक ग्राम १२० मिलिग्राम खैरो हेरोइन पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, घोडाघोडी नगरपालिका–६ को झलझलिया जंगलबाट २ जना पक्राउ परेका छन् । लागूऔषध कारोबार तथा सेवन भइरहेको भन्ने सूचनाका आधारमा ३० वर्षीय भिमबहादुर दमाई र २६ वर्षीय तपेन्द्र बहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, ११ : १०
लेखकबाट थप