काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेकी छन्।
रक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेकी उनले उक्त भ्रमणका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेनाले गरेको सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।
भ्रमणका क्रममा सेनाले अहिलेको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी रणनीतिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेको छ ।
मतदाताको सुरक्षादेखि लिएर संवेदनशील क्षेत्रको विश्लेषण, समन्वय संयन्त्र र चुनाव सुरक्षामा सेना कसरी परिचालन हुने विषयमा पनि प्रस्तुतीकरण गरिएको छ ।
त्यसपछि प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व शान्ति–सुरक्षा बहाली रहेको बताइन् ।
उनले निर्धारित मितिमा निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य उद्देश्य रहेको बताइन्। सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले विभिन्न निर्देशन दिइन् ।
‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन’, उनले भनिन् । सुरक्षा संवेदनशीलताका आधारमा समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न पनि उनले सेनालाई सम्झाइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री