धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरेका छन्। पार्टीको सुदूरपश्चिमस्तरीय सभालाई धनगढीमा सम्बोधन गर्दै आगामी निर्वाचनमा जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुपर्ने बताएका हुन्।
उनले आफ्नो पार्टी चुनावको लागि तयार रहेको तर सरकारले वातावरण भने तयार पार्नुपर्ने बताए। रावलले जेनजी आन्दोलनको समयमा सुरक्षा परिषद् बैठकसमेत बोलाउन नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर भागेको आरोप लगाए।
त्यस्तै अहिले ओलीले भक्तपुरमा बसेर जनता धम्क्याइरहेको पनि आरोप लगाए। उनले भने 'सुरक्षापरिषद्को बैठकसमेत डाक्न नसकेर बालुवाटारबाट हेलिकप्टरबाट भाग्ने केपी ओलीजी जस्ता भक्तपुरको कुनामा बसेर जनतालाई धमक्याउने थर्काउनेलाई रोक्न तपाईंहरू सचेत हुनुस्। तपाईंहरूलाई नेतृत्व दिन नेपाली कम्युनिस्ट पार्टी तयार छ।'
सरकारले अहिले बाहिर भएका गोलीगठ्ठा तत्काल नियन्त्रणमा लिनुपर्ने पनि रावलको भनाइ छ। 'अन्तरिम सरकारलाई भन्न चाहन्छौँ। नेपाली कम्युनिस्ट पार्टी चुनावमा जान तयार छ। त्यसकारण निर्वाचन निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न बाहिर रहेका गोलीगठ्ठा नियन्त्रण गरोस्,' उनले भने, 'नेपाली कम्युनिस्ट पार्टीको यो यात्रालाई अब जनताको भावनालाई समेटेर अघि बढाउँदै छौँ। जेनजी र युवाको नाममा आन्दोलन भयो। हामी उनीहरूको आवाज बोक्छौँ। भ्रष्टाचारी कुशासन ल्याउनेहरूलाई खबरदारी गर्छौँ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै