काठमाडौं । नेपाली कांग्रेसमा फागुन २१ को घोषित चुनाव अगाडी नै महाधिवेशन गर्नुपर्ने माग चर्केपछि संस्थापन पक्ष रक्षात्मक बन्न थालेको छ ।
महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्तसम्म नियमित महाधिवशेन नभए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे अनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएपछि संस्थापन पक्ष रक्षात्मक बन्न थालेको हो ।
संस्थापन पक्ष चुनाव तयारीमा लाग्नु पर्ने भएकोले विशेष या नियमित महाधिवेशन भनेर पार्टी अहिले अल्झिनु नहुने बताईरहेको छ । जसकाकारण कांग्रेस असोज २८ देखि निर्णयविहिन अवस्थामा छ । आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक फेरि सारेर यसले शुक्रवार बोलाएको छ ।
शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि पुन: सक्रिय भएपछि कांग्रेसको आन्तरिक टकराव झन् बढेको छ । चुनावअघि महाधिवेशन गर्नै नचाहने संस्थापन पक्ष र चुनाव गरेर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा टसमस नहुँदा पार्टी अनिर्णयको बन्दी बनिरहेको छ ।
संस्थापन पक्ष पुसभित्रै महाधिवेशनको नियमित कार्यतालिका ल्याउन तयार भएपनि चुनाव अगाडी महाधिवेशन हुने सम्भाबनामा आनाकानी गरिरहेको छ । महामन्त्रीद्दयले महाधिवेशनको मुद्दा नछोडे बहुमत केन्द्रीय समितिबाट यसबारेमा निर्णय लिने अडानमा सस्थापन पक्ष थियो । तर बुधबार विशेष महाधिवशेन पक्षधरहरुले काठमाडौंमा भेला नै आयोजना गरेर विधान अनुसार विशेष महाधिवेशन नबोलाए, अदालत जाने, निर्वाचन आयोगमा जाने या अन्य कदम चाल्ने बताएपछि संस्थापन पक्ष दवावमा छ ।
कांग्रेसको यो भूमरीका बीचमा सभापति शेरवहादुर देउवा अहिले आफैं सक्रिय हुन थालेका छन् । उनले बुधबार नै कार्यवाहक सभापति पूर्णवहादुर खड्का, नेता रमेश लेखकमार्फत महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सम्वाद थालेका छन् ।
उक्त सम्वादमा विशेष महाधिवेशन माग गरेर केन्द्रीय कार्यालयमा दर्ता गराईएको प्रस्ताव फिर्ता लिन र महाधिवेशन कार्यतालिका ल्याउन संस्थापन तयार हुने सन्देश प्रवाह गरेका थिए । तर महामन्त्रीद्दय थापा र शर्माले कार्यतालिका नभई पुस मसान्तसम्म महाधिवेशन नै गरिसक्ने सुनिश्चितता खोजेका थिए । जसकाकारण आजलाई बोलाइएको केन्द्रीय समिति बैठक थप छलफल गर्नुपर्ने भन्दै भोली शुक्रबारसम्मलाई सारेका छन् ।
महामन्त्रीद्दय आफनो अडानमा नगलेपछि संस्थापनले आफै ४ बुँदे माग महामन्त्रीसँग राखेको महाधिवेशन पक्षधर एक केन्द्रीय सदस्यले सफलखबरलाई बताए । उनका अनुसार, संस्थापन पक्षले महामन्त्रीहरुसँग ४ बुँदे शर्त राखेको र महामन्त्रीले पुस मसान्तभित्रै महाधिवेशन गर्ने शर्त पहिले सस्थापनले मान्न तयार हुनुपर्ने जवाफ फर्काएका छन् ।
संस्थापन पक्षले विशेष महाधिवेशनका लागि दर्ता भएको प्रस्ताव फिर्ता हुनुपर्ने, सदस्यता व्यवस्थापन समितिमा संस्थापन पक्षका सदस्य थप्नुपर्ने, पार्टी सदस्यता छानबिन समितिमा संयोजक र बहुमत संख्या संस्थापनको हुनुपर्ने र निर्वाचन समितिमा संस्थापन पक्षको बहुमत हुने गरी मनोनीत गर्न तयार हुनुपर्ने ४ बुँदे सर्त महामन्त्रीहरुसँग राखेका छन् ।
सदस्यता लगायतका विषय महामन्त्रीको विषय भएपनि यसमा संस्थापन पक्षले आफुहरुको मान्छेको सहभागिताको सुनिश्चितता खोजेको छ । कांग्रेसमा विधान अनुसार ९ मंसिरबाट पदावधी सकिएको अवस्था छ । तर, उसले विधान अनुसार न कार्यसमितिको कार्यकाल थप को निर्णय लिएको छ, न महाधिवेशनको मिति तोक्ने काम गरेको छ ।
सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि पुन: सक्रिय भएपछि कांग्रेसको आन्तरिक टकराव झन् बढेको छ । चुनावअघि महाधिवेशन गर्नै नचाहने संस्थापन पक्ष र चुनाव गरेर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा टसमस नहुँदा पार्टी अनिर्णयको बन्दी बनिरहेको छ ।
देउवालाई पार्टीका पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्कीलगायतले चुनावअघि महाधिवेशन नगर्न दबाब बढाएका कारण देउवा र पूर्णवहादुर खड्का निर्णय लिन हच्किरहेका छन् ।
महामन्त्रीद्दयले भने पार्टीका वर्तमान पदाधिकारीको निर्णय नसुनी पूर्व पदाधिकारीको कब्जामा सभापति र कार्यवाहक सभापति पुगेकोले कांग्रेस अनिर्णयको बन्दी बनेर गम्भिर मोडमा पुगेको आरोप लगाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी
कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज निर्वाचन
सिंहदरबार प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघ नेताहरू रिहा गर्न काँग्रेसको माग
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै