काठमाडौं । नेपाली कांग्रेसमा फागुन २१ को घोषित चुनाव अगाडी नै महाधिवेशन गर्नुपर्ने माग चर्केपछि संस्थापन पक्ष रक्षात्मक बन्न थालेको छ ।
महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्तसम्म नियमित महाधिवशेन नभए ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे अनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएपछि संस्थापन पक्ष रक्षात्मक बन्न थालेको हो ।
संस्थापन पक्ष चुनाव तयारीमा लाग्नु पर्ने भएकोले विशेष या नियमित महाधिवेशन भनेर पार्टी अहिले अल्झिनु नहुने बताईरहेको छ । जसकाकारण कांग्रेस असोज २८ देखि निर्णयविहिन अवस्थामा छ । आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक फेरि सारेर यसले शुक्रवार बोलाएको छ ।
शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि पुन: सक्रिय भएपछि कांग्रेसको आन्तरिक टकराव झन् बढेको छ । चुनावअघि महाधिवेशन गर्नै नचाहने संस्थापन पक्ष र चुनाव गरेर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा टसमस नहुँदा पार्टी अनिर्णयको बन्दी बनिरहेको छ ।
संस्थापन पक्ष पुसभित्रै महाधिवेशनको नियमित कार्यतालिका ल्याउन तयार भएपनि चुनाव अगाडी महाधिवेशन हुने सम्भाबनामा आनाकानी गरिरहेको छ । महामन्त्रीद्दयले महाधिवेशनको मुद्दा नछोडे बहुमत केन्द्रीय समितिबाट यसबारेमा निर्णय लिने अडानमा सस्थापन पक्ष थियो । तर बुधबार विशेष महाधिवशेन पक्षधरहरुले काठमाडौंमा भेला नै आयोजना गरेर विधान अनुसार विशेष महाधिवेशन नबोलाए, अदालत जाने, निर्वाचन आयोगमा जाने या अन्य कदम चाल्ने बताएपछि संस्थापन पक्ष दवावमा छ ।
कांग्रेसको यो भूमरीका बीचमा सभापति शेरवहादुर देउवा अहिले आफैं सक्रिय हुन थालेका छन् । उनले बुधबार नै कार्यवाहक सभापति पूर्णवहादुर खड्का, नेता रमेश लेखकमार्फत महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सम्वाद थालेका छन् ।
उक्त सम्वादमा विशेष महाधिवेशन माग गरेर केन्द्रीय कार्यालयमा दर्ता गराईएको प्रस्ताव फिर्ता लिन र महाधिवेशन कार्यतालिका ल्याउन संस्थापन तयार हुने सन्देश प्रवाह गरेका थिए । तर महामन्त्रीद्दय थापा र शर्माले कार्यतालिका नभई पुस मसान्तसम्म महाधिवेशन नै गरिसक्ने सुनिश्चितता खोजेका थिए । जसकाकारण आजलाई बोलाइएको केन्द्रीय समिति बैठक थप छलफल गर्नुपर्ने भन्दै भोली शुक्रबारसम्मलाई सारेका छन् ।
महामन्त्रीद्दय आफनो अडानमा नगलेपछि संस्थापनले आफै ४ बुँदे माग महामन्त्रीसँग राखेको महाधिवेशन पक्षधर एक केन्द्रीय सदस्यले सफलखबरलाई बताए । उनका अनुसार, संस्थापन पक्षले महामन्त्रीहरुसँग ४ बुँदे शर्त राखेको र महामन्त्रीले पुस मसान्तभित्रै महाधिवेशन गर्ने शर्त पहिले सस्थापनले मान्न तयार हुनुपर्ने जवाफ फर्काएका छन् ।
संस्थापन पक्षले विशेष महाधिवेशनका लागि दर्ता भएको प्रस्ताव फिर्ता हुनुपर्ने, सदस्यता व्यवस्थापन समितिमा संस्थापन पक्षका सदस्य थप्नुपर्ने, पार्टी सदस्यता छानबिन समितिमा संयोजक र बहुमत संख्या संस्थापनको हुनुपर्ने र निर्वाचन समितिमा संस्थापन पक्षको बहुमत हुने गरी मनोनीत गर्न तयार हुनुपर्ने ४ बुँदे सर्त महामन्त्रीहरुसँग राखेका छन् ।
सदस्यता लगायतका विषय महामन्त्रीको विषय भएपनि यसमा संस्थापन पक्षले आफुहरुको मान्छेको सहभागिताको सुनिश्चितता खोजेको छ । कांग्रेसमा विधान अनुसार ९ मंसिरबाट पदावधी सकिएको अवस्था छ । तर, उसले विधान अनुसार न कार्यसमितिको कार्यकाल थप को निर्णय लिएको छ, न महाधिवेशनको मिति तोक्ने काम गरेको छ ।
सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि पुन: सक्रिय भएपछि कांग्रेसको आन्तरिक टकराव झन् बढेको छ । चुनावअघि महाधिवेशन गर्नै नचाहने संस्थापन पक्ष र चुनाव गरेर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा टसमस नहुँदा पार्टी अनिर्णयको बन्दी बनिरहेको छ ।
देउवालाई पार्टीका पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्कीलगायतले चुनावअघि महाधिवेशन नगर्न दबाब बढाएका कारण देउवा र पूर्णवहादुर खड्का निर्णय लिन हच्किरहेका छन् ।
महामन्त्रीद्दयले भने पार्टीका वर्तमान पदाधिकारीको निर्णय नसुनी पूर्व पदाधिकारीको कब्जामा सभापति र कार्यवाहक सभापति पुगेकोले कांग्रेस अनिर्णयको बन्दी बनेर गम्भिर मोडमा पुगेको आरोप लगाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज बस्ने भनेको कांग्रेस बैठक फेरि सर्यो
कांग्रेसले विश्वकै लामो बैठक बस्दा पनि निष्कर्ष निकालेन: गुरुराज घिमिरे
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भोलि विशेष भेला
कांग्रेसले गर्यो दल दर्ता
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता