काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार 'जेनजी' आन्दोलनलाई सम्बोधन गर्न असफल रहेको निचोड निकालेको छ ।
आम जनता पार्टीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको कार्यालय बैठकको निर्णय सार्वजनिक गर्दै जारी विज्ञप्तिमा भनिएको छ , "आगामी निकासका लागि तत्काल अन्तरिम संविधानसहित नयाँ सरकार गठन तथा 'जेनजी' प्रतिनिधि, राजनीतिक दल र नागरिक अगुवाहरूको संयुक्त संवाद सम्मेलनमार्फत ठोस संवैधानिक निकास दिनका लागि सम्पूर्ण सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराउने ।"
'जेनजी'माथिको दमन बन्द गर्न, समातिएका 'जेनजी'हरूलाई बिनासर्त रिहा गर्न दबाबस्वरूप मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म 'जेनजी'को अगुवाइमा शहर केन्द्रित अन्तरक्रिया एवं प्रदर्शन गर्ने सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह
भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह