किन दिए परराष्ट्रमन्त्री ज्ञवालीले गोदावरीमा वनभोज ?

सफल खबर संवाददाता

सोमबार, १८ कार्तिक २०७६, ०९ : २६
किन दिए परराष्ट्रमन्त्री  ज्ञवालीले  गोदावरीमा वनभोज ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना मन्त्रालयका कर्मचारीलाई गोदावरीमा बनभोज दिएका छन् । मन्त्री नियुक्त भएको झण्डै २० महिनापछि मन्त्रालयका सवै कर्मचारीलाई निम्ताई मन्त्री ज्ञवालीले वनभोज दिएका हुन् । वनभोज शनिवारको हो ।

गोदावरीमा सवै कर्मचारीलाई वोलाई उनले कुटनीतिक शैलीमै कर्मचारीलाई आफुलाई सहयोग गरेकोमा धन्यवाद समेत दिएका छन् ।

मन्त्रीले सहयोगका लागि धन्यवाद किन भने ? अहिले परराष्टका कर्मचारीका वीचमा चर्चा छ । प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलिरहेका वेला  एकाएक मन्त्री ज्ञवालीले वनभोजको आयोजना गर्नु, मन्त्रालयका सवै कर्मचारीलाई निम्तो दिनु र वनभोजमा सहभागी कर्मचारीलाई आफुलाई यतिन्जेलसम्म साथ र सहयोग गरेकोमा धन्यवाद दिनुलाई कर्मचारीहरुले भने कतै मन्त्री ज्ञवाली अव हुने मन्त्रिपरिषद् हेरफेरमा नरहने पो हुन की भन्न्े अडकलवाजी लगाउन थालेका छन् ।

ओलीले आफनो स्वास्थ्य अवस्था ठीक भएको भए दुई तिन दिन अगाडी नै मन्त्रीपरिषद हेरफेरको तयारी थालेका थिए । उनले तिहार लगत्तै १४ कात्तिकमा मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी गरेको वालुवाटार स्रोतले जनाएको छ ।

सामान्यतयः यस अगाडी मन्त्रीहरुले आफु मन्त्रालय छोडदा मात्र मन्त्रालयका कर्मचारीलाई साथ सहयोगका लागि धन्यवाद दिने गर्दथे । तर मन्त्री ज्ञवालीले किन पिकनिक कुटनीति देखाएर कर्मचारीलाई धन्यावाद दिए ? यो प्रश्न अहिले मन्त्रालयका कर्मचारीका वीचमा चर्चा चलिरहेको छ ।

मन्त्री ज्ञवाली भने यो विषयमा मौन देखिएका छन् । ओलीले  अहिले क्याविनेटमा रहेका अधिकाशं मन्त्री फेर्ने योजनामा रहेको र वामदेव गौतमलाई वालुवाटारमा वोलाई मन्त्रीमण्डल हेरफेर अव गर्न लागेको संकेत उनले गरेका थिए । त्यसपछि नै विदाई हुने मन्त्रीहरुले आफु रहने , नरहने सन्र्दभमा निकट ब्यक्तिमार्फत जानकारी लिईरहेका थिए ।

ज्ञवाली प्रधानमन्त्री ओलीका खास भित्रिया नै भएपनि ओलीले उनलाई पनि फेर्न खोजेको र सोही कारण उनले वनभोजको आयोजना गरी कर्मचारीलाई साथ सहयोगका लागि धन्यवाद दिएको चर्चा परराष्ट्रमा अहिले छ । 

प्रतिक्रिया दिनुहोस