काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस गर्ने तयारी छ ।
आजको बैठकले नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
यही वैशाख ३ गते बसेको बैठकले संयोजक दाहाल र सहसंयोजक नेपाललाई प्रस्ताव तायर पार्ने जिम्मेवारी दिएको थियो ।
यसैगरी, बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायत विषयमा छलफल हुने बुझिएको छ ।
जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सन्तुलन कायम गर्ने मापदण्ड बनाइएको छ ।
नेकपामा सांगठनिक संरचनामा प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी छ ।
बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल हुने नेता ज्वलाले जानकार दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति