काठमाडौँ । संस्थागत निर्णयबिना नै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै एमाले नेता प्रदीप ज्ञवालीले अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको उल्लेख गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटपछि व्यापक बनेको वामपन्थी एकताको चर्चापछि ज्ञवालीले सामाजिक सञ्जालमा टिप्पणी गर्दै उक्त विषय राखेका हुन् ।
आजको चुनौती वामपन्थी या कम्युनिष्ट आन्दोलनको दायरामा मात्र सीमित नभएको भन्दै उनले लेखेका छन्, ‘नेपालले लामो प्रयत्नपश्चात् आर्जेको प्रगतिशील लोकतान्त्रिक स्पेस नै साँघुरिँदै गएर सर्वसत्तावादी शासकीय शैलीतिर उन्मुख हुँदै गरेको, सामाजिक सुरक्षा र न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली होइन, नवउदारवादी बजार स्वच्छन्दतातिर आर्थिक दिशा सोझिँदै गरेको र स्थापित विधि, कानूनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूको ठाउँमा ‘तिलस्मी नायक’ हरूले जादुमयी ढङ्गले सुनौला दिन ल्याइदिने विभ्रमले समाजको ठूलै हिस्सा प्रभावित भएको समयमा हामी छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली