काठमाडौँ । पूर्व परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ उल्लेख गरेकोप्रति आपत्ति जनाएका छन् ।
नेता ज्ञवालीले भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनिएको भन्दै नयाँ सरकारको भाषाशब्दप्रति आपत्ति जनाएका हुन् ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले फेसबुकमार्फत भनेका छन्, ‘नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् । हाम्रा छिमेकीहरूबीच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् ।’
राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय भएको भन्दै नेता ज्ञवालीले मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्ने बताएका छन् । हाम्रा छिमेकीहरूबिच अनन्त दुष्मनी र द्वन्द्व नभएको स्मरण गर्दै ज्ञवालीले यस्तो शब्दको प्रयोग प्रासङ्गिक नदेखिने प्रस्ट पारेका छन् । बरु यही कुरा यही कुरा समनिकटता र समदूरीका हकमा पनि लागू हुने बताएका छन् ।
वालेन्द्र शाह (बालेन) सरकारले राष्ट्रिय दलका घोषणापत्र समेत समेटेर मंगलबार राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?
'एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय' : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य