काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई र ओमान भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा आज ओमान र यूएई भिड्न लागेका हुन् । यो खेल बिहान ९ः३० बजे सुरु हुँदैछ ।
एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो।
पहिलो खेलमा टस हारेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै २०० रन बनाएको नेपालले घरेलु मैदानको फाइदा उठाउँदै ३७ रनको जित निकालेको हो । त्रिवि मैदानमा यूएई र ओमान यो शृङ्खलामा पहिलो प्रतिस्पर्धा गर्दैछन् । ओमानले टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै यूएईले सुरुमा ब्याटिङ गर्दैछ ।
त्रिविमा हुने तेस्रो खेलमा नेपाल र ओमान वैशाख १६ गते बुधबार प्रतिस्पर्धा गर्दैछन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने खेलको टिकट खल्ती एपमार्फत् किन्न सकिने क्यानले जनाएको छ । लिग–२ को अन्तिम स्थानमा रहेको यूएईले २१ खेल खेल्दा १० अंक जोडेको छ । बलियो अवस्थामा रहेको ओमान भने २४ खेल खेल्दा २९ अंकसहित तेस्रो स्थानमा छ।
विश्वकप लिग–२ मा नेपालले २१ खेल खेल्दा ६ खेलमा जित निकाल्दै १४ अङ्क बनाएको छ । तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ः नेपालको लगातार दोस्रो हार
विश्वकप लिग-२ : युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल
विश्वकप लिग-२ : आज अमेरिकासँग भिड्दै नेपाल
विश्वकप लिग-२: युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा