काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले पार्टीलाई अत्यन्तै कठिन परिस्थितिमा पुर्याएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीले इतिहासकै चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको उल्लेख गरेका हुन्।
निर्वाचनबाट प्राप्त नतिजाले पार्टीले सोचेभन्दा गम्भीर धक्का दिएको उनको भनाइ छ। यसपटक अत्यन्त उत्कृष्ट परिणामको अपेक्षा नगरेको भए पनि यति ठूलो पराजय आउने अनुमान भने नगरेको उनले बताएका छन्।
ज्ञवालीका अनुसार निर्वाचनमा सहभागी हुँदा पार्टीले विभिन्न प्रतिकूल परिस्थितिको सामना गर्नुपरेको थियो। उनका अनुसार पार्टीका दर्जनौँ कार्यालय तोडफोड भएका, दुई सयभन्दा बढी नेता–कार्यकर्ताका घरमा क्षति पुगेको तथा पार्टी नेतृत्वका गतिविधिमाथि विभिन्न अवरोध र धम्की देखिएको थियो। यस्तो अवस्थामा पनि निर्वाचनमा सहभागी हुनु लोकतन्त्रप्रतिको प्रतिबद्धता र जनतामाथिको भरोसाको संकेत भएको उनले उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० फागुन २०८२, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली