नेपाल प्रहरी र सशस्त्रकको जासुसी टोली सक्रिय

सफल खबर संवाददाता

शनिबार, १२ बैशाख २०८३, २१ : ३०
नेपाल प्रहरी र सशस्त्रकको जासुसी टोली सक्रिय

काठमाडौं। सरकारद्वारा हालै सुकुम्बासी बस्ती हटाउने तथा विभिन्न विद्यार्थी संगठन खारेज गर्ने निर्णय सार्वजनिक भएपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन चर्किन सक्ने अवस्था देखिएको हो । अधिकारकर्मी, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूले उक्त निर्णयलाई अन्यायपूर्ण र असंवैधानिक भन्दै टिप्पणी गरेका छन् भने यसले केही विरोधका गतिविधि पनि हुन सक्ने सङ्केत देखिएको छ।

 

विरोध प्रदर्शन विस्तार हुँदै जाने संकेत देखिएसँगै सुरक्षा निकायहरू सतर्क बनेका छन्। प्रदर्शनको पूर्वसूचना संकलन गर्न तथा सम्भावित गतिविधि नियन्त्रणमा राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जासुसी टोली सक्रिय बनाएको स्रोतले जनाएको छ। ती टोलीहरूले प्रदर्शनको योजना, नेतृत्व र गतिविधिबारे जानकारी संकलन गरिरहेका छन्।

प्रदर्शनकारीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी बस्ती हटाउनु मानवअधिकारविरुद्धको कदम भएको र विद्यार्थी संगठन खारेज गर्नु लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको बताएका छन्।

 

सरकारको निर्णयविरुद्ध विरोध हुने संकेत देखिएपछि सम्बन्धित निकायहरू चनाखो बनेका छन्। सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको र प्रहरी स्ट्यान्डबाइ अवस्थामा राखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस