काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकम्वासी बस्ती हटाउन सरकारले चालेकाे कदमप्रति समर्थन जनाएका छन् । वास्तविक सुकुम्वसीलाई छुट्याएर व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको उनकाे टिप्पणी छ ।
वर्षौंदेखि बसोबास गर्दै आएका विपन्न नागरिकको अधिकार सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए । शाहीका अनुसार सुकुम्बासीको नाममा हुने दुरुपयोग रोक्दै सबैलाई कानुनको दायरामा ल्याउनु सकारात्मक कदम हो ।
‘वास्तविक सुकुम्बासीलाई न्याय दिनु राज्यको दायित्व हो, तर नक्कलीका नाममा भइरहेको अतिक्रमण अन्त्य गर्नुपर्छ’, उनले भने ।
शाहीले सरकारलाई रचनात्मक साथ र सहयोग गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै प्रतिपक्षलाई विरोधीका रूपमा मात्र नभई सहयात्रीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । सहकार्य र संवादमार्फत् मात्र दीर्घकालीन समाधान सम्भव हुने दाेहाेर्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ बैशाख २०८३, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी