काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् । सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथिको हस्तक्षेप भएको बताएका छन् ।विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्तता माथि नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरूले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न गरेका छन् । ‘पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी हस्ताक्षर गर्न सक्नु भयो होला ?’
विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको, मुलमुद्दाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मूल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ ।
‘विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरूसँग संवाद,रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो’ ज्ञवालीले लेखेका छन् ‘के तपाईं कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?