काठमाडौँ l प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ । ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान धापासी स्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधामन्त्रीलाई नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बेला बेला समस्या आउने गरेको छ ।
ग्राण्डीमा प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी विभिन्न परीक्षण भइरहेको बुझिए पनि उनलाई के भएको हो भन्ने अस्पतालले खुलाएको छैन ।
भारत र बैंककमा स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओली गत १८ साउनमा सिंगापुर गएका थिए। सिंगापुरमा उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।
स्वास्थ्य परीक्षण गराएर २७ साउनमा मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई ३० साउनमै समस्या देखिएपछि उनी फेरि भदौ ४ गते सिंगापुर प्रस्थान गरेका थिए । १६ दिन लामो सिंगापुर बसाइ सकेर प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्किएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ कार्तिक २०७६, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी