काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा जननेता मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा देशले दुई महान् हस्ती गुमाएको उल्लेख गर्दै उनीहरूको योगदानको स्मरण गरेका हुन्।
अध्यक्ष ओलीले मदन भण्डारीलाई आफ्नो नेता, साथी र सहयोद्धाका रूपमा स्मरण गर्दै उनले प्रतिपादन गरेको 'जनताको बहुदलीय जनवाद' (जबज) ले नेपाली राजनीतिलाई नयाँ वैचारिक दिशा दिएको बताएका छन्
ओलीले लेखेका छन्, 'मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने अगुवा हुनुहुन्थ्यो। उहाँको विचारले परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्याउने मार्गचित्र दियो।'
'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकाङ्क्षा मदन भण्डारीकै विचारको जगमा उभिएको उल्लेख गर्दै ओलीले पछिल्लो दशकमा यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा ठूलो परिवर्तन ल्याएको दाबी गरेका छन्। उनले जीवराज आश्रितलाई एक कुशल संगठकका रूपमा चित्रण गरेका छन्। मदन र आश्रित शारीरिक रूपमा साथमा नभए पनि उनीहरूको विचार राजनीतिक यात्रामा दीपस्तम्भझैँ रहेको ओलीको भनाइ छ।
'मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ,' ओलीले फेसबुकमा लेखेका छन्।उनले जबजको वैचारिक विरासतले नै आफूहरूलाई विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रेरणा दिइरहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ जेठ २०८३, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो