काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुन सक्ने संकेत देखिएको बताएका छन्।
३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उनका अनुसार लोकतान्त्रिक प्रणालीको सन्तुलन कायम राख्न जिम्मेवार र प्रगतिशील प्रतिपक्षको भूमिका आवश्यक छ।
उनले वर्तमान सरकार गठन भएको करिब ५० दिनको अवधिमै लोकतान्त्रिक मूल्य, संवैधानिक अभ्यास तथा संस्थागत संरचनामाथि प्रश्न उठ्ने खालका गतिविधि देखिएको दाबी गरे।
ज्ञवालीले ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियनसँग सम्बन्धित संरचनामाथि हस्तक्षेपको प्रयास, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति तथा भूमिहीन र सुकुमवासी बस्तीमा डोजर प्रयोग गरिएका घटनालाई लोकतान्त्रिक अभ्यासविपरीतका संकेतका रूपमा व्याख्या गरे।
उनले संसद्, राष्ट्रपति, न्यायालय तथा संवैधानिक आयोगजस्ता संस्थाको भूमिकालाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको आरोपसमेत लगाए। सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरू क्रमशः सीमित बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।
पूर्वमन्त्री ज्ञवालीले संसद्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संख्यात्मक उपस्थिति अपेक्षाकृत कमजोर रहे पनि संविधान, लोकतान्त्रिक प्रणाली र सामाजिक न्यायको पक्षमा जनस्तर, सञ्चारमाध्यम तथा नागरिक समाजले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ जेठ २०८३, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली