काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिता सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने भएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार आमन्त्रण गरेको बैठकले शुक्रबार सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको टिमलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको फैसलालाई स्वीकार गर्ने निष्कर्ष निकालेको नेता तथा पूर्व मन्त्री मीन विश्वकर्माले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने भएको छ, अब काँग्रेसलाई एकजुट बनाएर लैजाने विषयमा पनि छलफल भएको छ, अब खड्काले पनि निवर्तमान कार्यवाहक सभापतिकै रूपमा काम गर्ने कुरा भएको छ ।”
स्वतन्त्र न्यायपालिकाले गरेको फैसलालाई नेपाली काँग्रेसले मान्दै आएको जनाउँदै कानुनी र वैधानिकताको विषय टुङ्गिए पनि राजनीतिक विषय भने बाँकी नै रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विवादमा अदालतले दिएन देउवा पक्षलाई साथ
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने
‘गगन पक्षले काँग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र’ : देउवा पक्ष
गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जानेसहित ८ बुँदे प्रस्ताव देउवा पक्षलाई पठाइयो