निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०८२, १२ : ४३
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको देउवापक्षीय केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

उनले भने, ‘उपस्थित संख्या समेत नहेरी दूषित मनसायले एकलौटी त्यो निर्णय गरेको छ। विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी काँग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय देखिन्छ। ‘

उनका अनुसार आइतबार नै अदालत जाने तयारी भएको छ । 

प्रतिक्रिया दिनुहोस