चितवन । चितवनमा अक्सफोड कलेजको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १६ विजयनगर चोकमा आज अपरान्ह साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालले जनाएको छ ।
प्रहरीका अनुसार अहिले सो ठाउँको अवस्था तनावग्रस्त छ । चालकले मापसे सेवन गरेर चलाएका कारण दुर्घटना भएको भन्दै स्थानीयले विरोध गरेका छन । आक्रोशित स्थानियले गाडी तोडफोड गरेका छन । घटनको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ जेठ २०८३, १८ : १५
लेखकबाट थप