समुदायमा शान्ति–सुरक्षामा योगदान पुर्‍याएबापत संकल्प सापकोटा सम्मानित

सफल खबर संवाददाता

विहीबार, २१ जेठ २०८३, १८ : ००
समुदायमा शान्ति–सुरक्षामा योगदान पुर्‍याएबापत संकल्प सापकोटा सम्मानित

चितवन । 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै भरतपुर महानगरपालिका–१०, चितवन निवासी पत्रकार संकल्प सापकोटा सम्मानित भएका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार समुदाय र प्रहरीबीचको सहकार्यलाई सुदृढ बनाउन तथा सामाजिक शान्ति र सुरक्षाको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सापकोटालाई उक्त सम्मान प्रदान गरिएको हो।

सापकोटाले समुदायमा सकारात्मक वातावरण निर्माण, जनचेतना अभिवृद्धि तथा शान्ति–सुरक्षा कायम राख्न विभिन्न सामाजिक गतिविधिमार्फत महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएका छन्। उनको कार्यको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्तै निस्वार्थ सहयोग र सहकार्य निरन्तर रहने अपेक्षा प्रहरी कार्यालयले लिएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै अपराध नियन्त्रण, सामाजिक सद्भाव तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्ता योगदानकर्ताहरूलाई सम्मान गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुने र अन्य नागरिकहरूलाई पनि सामाजिक सुरक्षामा जोडिन प्रेरणा मिल्ने विश्वास जिल्ला प्रहरी कार्यालय चितवनले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस