काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले सुदूरपश्चिम केन्द्रित प्रदेशस्तरीय भेला सुरु गरेको छ ।
धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिएको कार्यक्रममा पार्टीभित्र एकता सुदृढीकरण तथा संगठन पुनर्जागरणलाई मुख्य विषय बनाइएको जनाइएको छ । भेलास्थलमा ‘नेपाली काँग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ उल्लेख गरिएको ब्यानर राखिएको छ ।
कार्यक्रममा रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन बस्नेत तथा केदार कार्की लगायत काँग्रेसका नेताहरूको उपस्थिति रहेको छ । भेलामा पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० जेठ २०८३, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनको मर्यादा र सरकारको जवाफदेहिताबारे काँग्रेसको प्रश्न
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
संक्रमणकालीन न्याय सम्बन्धी आयोग सक्रिय पार्न कांग्रेसको माग
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप