नयाँदिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतमा उच्चस्तरीय भेटवार्तामा ब्यस्त हुन थालेका छन् । उनलाई निम्तो दिएका भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नबीनबाट सुरु भएको रविको आज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट वार्ता गदैछन् ।
उनले उच्च नेतृत्वसँग गरेको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस जन्माएको छ। रविको पार्टी सभापति र नेपालको सत्तारुढ दल, ठूलो पार्टीका सभापतिको हैसियतमा यो पहिलो ‘डिप्लोमेटिक डेब्यु’ हो । भारतका गृहमन्त्री अमित शाहले पनि आफु गृहमन्त्री भएपछि भेटेका पहिलो विदेशी नेता नै रवि बन्न पुगेका छन् ।
भारतले नेपालको नयाँ राजनीतिक शक्तिसँग प्रत्यक्ष संवाद विस्तार गर्न थालेको छ। दोस्रो, रास्वपा आफूलाई केवल आन्दोलनबाट जन्मिएको दल नभई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्ने परिपक्व राजनीतिक शक्तिका रूपमा स्थापित गर्न खोजिरहेको छ। तेस्रो, नेपालको भावी नेतृत्वको बहसमा रवि लामिछानेलाई भारतले पनि गम्भीर रूपमा नोटिस गर्न थालेको संकेत देखिएको छ।
नयाँदिल्लीस्थित भाजपा मुख्यालयमा मंगलबार लामिछानेलाई गरिएको स्वागतले पनि उनको भ्रमणलाई विशेष बनाएको छ। रातो कार्पेट, पुष्पगुच्छा र पार्टी मुख्यालयको औपचारिक आतिथ्यले रास्वपालाई भारतले उदाउँदो राजनीतिक शक्तिका रूपमा हेर्न थालेको संकेत दिएको विश्लेषण भइरहेको छ।
भाजपा मुख्यालयमा भएको वार्ताको केन्द्रमा केवल दुई दलबीचको सम्बन्ध थिएन। छलफलमा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, नयाँ पुस्ताको नेतृत्व, संगठन निर्माण, जनसम्पर्कको मोडेल र विकासमुखी सुशासनका विषय प्रमुख रूपमा उठेका थिए।भाजपा अध्यक्ष नितिन नवीनले पार्टीको बुथ तहसम्म फैलिएको संगठनात्मक संरचना र जनतासँगको प्रत्यक्ष सम्पर्कको मोडेलबारे जानकारी गराएका थिए। रास्वपाले पनि नेपालको राजनीतिक परिवर्तनमा नयाँ पुस्ताले खेल्न सक्ने भूमिकाबारे आफ्ना दृष्टिकोण प्रस्तुत गरेको थियो।
विशेष महत्वको विषय भने भारतीय गृहमन्त्री अमित शाहसँगको भेटलाई मानिएको छ। विदेशी राजनीतिक दलका नेतासँग कमै मात्र भेट्ने शाहले लामिछानेसँग सीमापार अपराध नियन्त्रण, अन्तरदेशीय कनेक्टिभिटी विस्तार, विपद् व्यवस्थापन र दुई देशबीचको सहकार्यका विषयमा छलफल गरेका थिए। यसले भारतले रास्वपालाई सम्भावित सत्ता साझेदार वा भविष्यको नेतृत्वका रूपमा समेत हेरिरहेको संकेत दिएको कतिपय कूटनीतिक विश्लेषकहरूको बुझाइ छ।
विदेशमन्त्री जयशंकरसँगको भेटमा भने विकास साझेदारी, जनस्तरको सम्बन्ध, पूर्वाधार सहकार्य र साझा समृद्धिका विषयमा केन्द्रित संवाद भएको थियो। जयशंकरले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउन विकास साझेदारी र जनस्तरीय सम्बन्धको भूमिकालाई विशेष जोड दिएका थिए।
रास्वपाले यस भ्रमणलाई ‘पार्टी कूटनीति’ को अभ्यासका रूपमा व्याख्या गरेको छ। दलगत सम्बन्धमार्फत दुई देशका राजनीतिक शक्तिहरूबीच प्रत्यक्ष संवाद स्थापित गर्ने प्रयास नेपालको राजनीतिमा अपेक्षाकृत नयाँ अभ्यास हो। राजनीतिक रूपमा हेर्दा यो भ्रमणले तीन महत्वपूर्ण सन्देश दिएको देखिन्छ।
पहिलो, भारतले नेपालको नयाँ राजनीतिक शक्तिसँग प्रत्यक्ष संवाद विस्तार गर्न थालेको छ। दोस्रो, रास्वपा आफूलाई केवल आन्दोलनबाट जन्मिएको दल नभई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बुझ्ने परिपक्व राजनीतिक शक्तिका रूपमा स्थापित गर्न खोजिरहेको छ। तेस्रो, नेपालको भावी नेतृत्वको बहसमा रवि लामिछानेलाई भारतले पनि गम्भीर रूपमा नोटिस गर्न थालेको संकेत देखिएको छ।
बुधबार (आज) हुने प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्भावित भेटलाई यस भ्रमणको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यदि उक्त भेट सम्पन्न भयो भने यो केवल एक दलका नेताको भेट मात्र रहने छैन, बरु नेपालको नयाँ पुस्ताको राजनीतिक नेतृत्वप्रति भारतको चासो र स्वीकार्यताको प्रतीकात्मक सन्देशका रूपमा पनि व्याख्या हुनेछ। दिल्लीमा भएका यी भेटवार्ताले तत्काल कुनै औपचारिक सम्झौता नगरे पनि नेपालको नयाँ राजनीतिक शक्तिको अन्तर्राष्ट्रिय पहिचान निर्माणतर्फ एउटा महत्वपूर्ण कदम भने अवश्य बनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
भारत भ्रमणमा रहेका रवि लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपा नेतृत्वद्वारा स्वागत
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रवि लामिछानेमाथि सूक्ष्म अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस