काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै समानता, न्याय र समावेशीतामा आधारित समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
सन्देशमा उनले जातीय भेदभाव र छुवाछूत मानव अधिकारविरुद्धको गम्भीर सामाजिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्य सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको स्पष्ट पारेका छन्। उनले जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको जानकारी दिए।
मुख्यमन्त्री यादवले संविधानले मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानलाई स्वीकार गर्दै सामाजिक न्याय, समानता र समावेशीतालाई सुनिश्चित गरेको उल्लेख गरेका छन्। साथै, राज्यले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता लिएको उनले दोहोर्याएका छन्।
उनका अनुसार कानुनी व्यवस्था भए पनि समाजमा अझै परम्परागत सोच, अन्धविश्वास र विभेदका अवशेष पूर्ण रूपमा हट्न सकेका छैनन्। त्यसैले राज्यका निकाय, राजनीतिक नेतृत्व, नागरिक समाज र आम नागरिक सबैले जातीय विभेद अन्त्यका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिएका छन्।
सन्देशको अन्त्यमा मुख्यमन्त्री यादवले यो दिवसले विभेदरहित, सभ्य र समुन्नत समाज निर्माणतर्फ सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेकाछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ जेठ २०८३, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव