काठमाडौँ । निवर्तमान काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ।
गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै पहिलो सुनुवाइ माघ ६ गतेका लागि पेसी तोकेको छ।
सोही दिन २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता पनि हुँदैछ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेका थिए। तर सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएपछि उनीहरू दर्ता गरेर फर्केका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने
‘गगन पक्षले काँग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र’ : देउवा पक्ष
गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जानेसहित ८ बुँदे प्रस्ताव देउवा पक्षलाई पठाइयो