काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्।
भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनालले यही जुन ६–७ भारतको भ्रमण गर्ने भएका हुन्। रास्वपा लामिछाने भारत भ्रममणमै रहेका बेला परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको हो।
लामिछानेको भारत भ्रमण टोलीमा रहेका रास्वपा सचिवालय सदस्य दीपक बोहराले बीबीसी नेपालीसँग बताएअनुसार परराष्ट्रमन्त्री खनालको भारत भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा ‘चेकलिस्ट’ बनाएर काम गरिनेछ।
यसअघि परराष्ट्रमन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ जेठ २०८३, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री दिल्ली जाँदै
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल