काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएका छन् ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको काँग्रेस आधिकारिकता लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका हुन् ।
नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको हामीले गरेको परिवर्तनमाथि जुनखालको गम्भीर षडयन्त्रका संकेतहरू देखिन थालेका छन्,’ उनले भने, ‘त्यही षडयन्त्रको ठुलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी काँग्रेसको दाबा गर्न आयौँ भनेर सञ्चार माध्यमबाट जानकारी पायौँ ।’
कार्यवाहक सभापति खड्काले १४ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति नै काँग्रेसको आधिकारिक भएको जिकिर पनि गरे ।
उनले आधिकारिकता दाबी गर्दै कागजातहरू कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०८२, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जानेसहित ८ बुँदे प्रस्ताव देउवा पक्षलाई पठाइयो