गोरखा । पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विश्व आदिवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र समावेशी लोकतन्त्रको रक्षा गर्नुपर्ने कुरामा जोड दिएका छन्।
गोरखाको पालुङ्टारमा भएको ३१औँ विश्व आदिवासी जनजाति दिवसको कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले समानुपातिक समावेशीकरणका उपलब्धिहरूलाई जोगाउन र थप विस्तार गर्न आग्रह गरे। उनले महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिमलगायतका समुदायको प्रतिनिधित्व र आरक्षणलाई सबै तहमा सुनिश्चित गर्नुपर्ने बताए।
श्रेष्ठले हजारौँको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थामाथि प्रतिगमनको खतरा रहेको भन्दै यसलाई जोगाउन सबैले सचेत रहनुपर्ने बताए। उनले संविधानमा व्यवस्था गरिएको स्वायत्त, संरक्षित र विशेष क्षेत्रको अवधारणालाई व्यवहारमा लागू गरी सीमान्तकृत समुदायको पहिचान र अधिकारलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि शासकीय प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, भ्रष्टाचार नियन्त्रण र सुशासन आवश्यक रहेको उनको भनाइ थियो। उनले बाँकी रहेका अधिकार प्राप्त गर्नका लागि आदिवासी जनजाति र सीमान्तकृत समुदायलाई एकताबद्ध भएर सङ्घर्ष गर्न पनि आह्वान गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ साउन २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ