काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई सामान्य प्रतिस्पर्धाका रूपमा सीमित गरेर नबुझ्न आग्रह गरेका छन्।
उनले उक्त निर्वाचनले मुलुकको भविष्य कुन दिशामा जाने भन्ने निर्णय गर्ने धारणा व्यक्त गरेका हुन्।
सर्लाही-३ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले यो निर्वाचनले राष्ट्रिय हित सुरक्षित हुने कि बाह्य प्रभाव थप सशक्त हुने भन्ने प्रश्नको जवाफ दिने बताए।
उनका अनुसार निर्वाचनको परिणामले देश विकास र समृद्धिको मार्गतर्फ अघि बढ्ने कि अभाव र बेरोजगारी यथावत् रहने भन्ने अवस्थासमेत निर्धारण गर्नेछ।
उनले आफ्नो पार्टी राष्ट्रिय स्वाधीनता, सुशासन, समृद्धि, संविधान र लोकतन्त्रको संरक्षणमा प्रतिबद्ध रहेको उल्लेख गरे। साथै मजदुर, किसान, विपन्न वर्ग, सुकुम्बासी, मधेसी, जनजाति र दलित समुदायको हकहितका पक्षमा पार्टी दृढतापूर्वक उभिएको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’