काठमाडौँ । नेकपा नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दै आत्मसमीक्षा र सुधारको प्रक्रियामा जानुपर्ने बताएका छन्। उनले वर्तमान राजनीतिक परिवेशलाई ध्यानमा राख्दै विभाजित धाराहरूलाई एकीकृत दिशातर्फ अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।
निर्वाचनपछिको अवस्थालाई उल्लेख गर्दै श्रेष्ठले कम्युनिस्ट शक्तिहरूले निराशा वा पलायनको बाटो नअपनाई समग्र परिस्थितिको गहिरो समीक्षा गर्दै रूपान्तरण र पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताए। विगतका कमजोरी सच्याउँदै नयाँ वर्षलाई सकारात्मक परिवर्तनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि देशभक्त तथा लोकतन्त्रप्रति प्रतिबद्ध शक्तिहरूबीच आवश्यकताअनुसार सहकार्य र एकता कायम गर्नुपर्ने पनि उल्लेख गरेका छन्। सामाजिक न्यायसहितको समृद्धिलाई वर्तमान समयको प्रमुख राष्ट्रिय कार्यभारका रूपमा उनले औँल्याएका छन्।
श्रेष्ठका अनुसार हालै सम्पन्न निर्वाचनमार्फत जनताले सुशासन र रोजगारीलाई प्राथमिकतामा राख्दै परिवर्तनको अपेक्षा व्यक्त गरेका छन्। सो अपेक्षालाई केन्द्रमा राखेर सरकारले परिणाममुखी काम गर्नुपर्ने उनको भनाइ छ।
सरकार गठन भएको केही समय मात्र भएकाले तत्काल कठोर मूल्यांकन गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उनले सावधानीपूर्वक सरकारको कामको निगरानी गर्नुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ