काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेन जेड व्रिदोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै नचेतेको टिप्पणी गरेका छन्। मधेश प्रदेशले मुख्यमन्त्रीलाई होटेलमा शपथ गराएपछि उनले यस्तो बताएका छन्।
उनले भनेका छन्, ‘हिजो मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुख मार्फत एक होटेलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो, यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरू यत्रो जेन जेड विद्रोह पछि पनि चेतेका छैनन्।’
जेन जेड विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरूको शुद्धीकरण र रूपान्तरण नै भएको बताएI
उनले थपेका छन्,‘यो कुरालाई लत्त्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरूमा अहिले पनि विभिन्न घटनाहरूमा देखिएका छन्, जुन ज्यादै घातक छ ।’
जेन जेड आन्दोलनकारी र यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एक पटक राजनीतिक पार्टीहरूको शुद्धीकरण तथा रूपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रूपमा आवाज उठाउनु पर्ने उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’