काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले श्रमिकहरूको संगठन गर्ने तथा ट्रेड युनियनमार्फत अधिकार संरक्षण गर्ने संवैधानिक हक सीमित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सरकारले ट्रेड युनियन गतिविधिमाथि नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाएका छन्।
श्रेष्ठले श्रमिक हितका लागि स्थापित संगठनात्मक अधिकारमाथि प्रतिबन्ध लगाउने कदम दुस्साहसपूर्ण भएको उल्लेख गर्दै त्यस्ता निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। उनका अनुसार श्रमिकको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न आवश्यक पर्ने लोकतान्त्रिक संघर्ष रोक्न सम्भव छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ बैशाख २०८३, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’