काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जबाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा संस्थागत अनुशासन कायम गर्ने प्रयास अन्तर्गत अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि(का प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाख रुपियाँभन्दा बढी रकम फिर्ता भएको जानकारी गराएका हुन्।
शिक्षा मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको छ । यससँगै थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा सहभागी भइरहेको मन्त्री पोखरेलले उल्लेख गरेका छन्।
मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ जेठ २०८३, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री पोखरेल
शिक्षा क्षेत्र सुधारमा सरकार प्रतिबद्ध रहेको शिक्षामन्त्री पोखरेलको दाबी
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेटवार्ता
विश्वविद्यालयलाई दलीय प्रभावबाट टाढा राख्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट