काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खानेपानी का लागि नेताहरूको घरदैलोमा जाने स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै श्रेष्ठले दलका नेता, मन्त्रीकोमा धाउनुपर्ने स्थिति अन्त्य हुनुपर्ने बताएका हुन् ।
‘खानेपानी का लागि नेताकोमा धाउनुपर्ने । योजना जाने तर अहिले पठाएको बजेटले २०/२५ वर्षमा पनि योजना पुरा नहुने, जुन स्थिति छ । त्यसको अन्त्य हुनुपर्छ’, उनले भने, ‘पहिलो कुरा खानेपानी मौलिक अधिकार मात्र होइन प्राथमिकताको विषय ठानेर मधेस लगायतका स्थानमा आमरुपमा खानेपानी समस्या छ, त्यो मागलाई पुरा गरेर प्राथमिकताको योजना बनाउनुपर्यो ।’
अहिले तीन तहको सरकारले ठिक ढङ्गले कार्य योजना बनाउन नसकेको कारणले केही समस्या देखापरेका उनले बताए । काम गर्न सक्ने कुरा पनि संघ देखाएर वा तीन तहको सरकार देखाएर नगरेको स्थिति रहेको उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ साउन २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ